तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा युएईसँग नेपाल पाँच विकेटले पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग पाँच विकेटले पराजित भएको छ ।

जारी शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो । हारसँगै १८ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेको युएई समान खेलबाट आठ अंकका साथ पुछारमा छ ।

बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

युएइका लागि आर्यन्श शर्माले सर्वाधिक ९८ रनको योगदान गरे । यसैगरी अलिसान सराफुले ४५, र मोहम्मद वासिमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले दुई र करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पारेको थियो  ।

नेपालका लागि रोहितले सर्वाधिक १०९ रनको योगदान गरे । यसैगरी आसिफ शेखले ३५, आरिफ शेखले २७,  दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

युएईका लागि जाहिद अलीले चार, जुनैद सिद्धिकीले तीन तथा मोहम्मद रोहिद र हैदर अलीले समान एक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button