तपाईँ सुन्दै हुनुहुन्छः

विद्युत् कटौतीविरुद्धको कार्यक्रममा बोल्दै गर्दा ढल्नुभएका मजदुर नेता गौतमको निधन

रुपन्देही । नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य कमल गौतमको निधन भएको छ । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घले विद्युत् कटौतीको विरोधमा आयोजना गरेको कार्यक्रममा संस्थागत धारणा राख्नेक्रममा ढलेर जिफन्टका उपाध्यक्ष गौतमको आज यहाँ मृत्यु भएको हो ।

भैरहवाको विद्युत् कार्यालय अगाडि भएको कार्यक्रममा सम्बोधनको क्रममा अचानक ढल्नुभएका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्‍याइएकोमा त्यहाँ उहाँको मृत्यु भएको रुपन्देही उद्योग सङ्घका पूर्व अध्यक्ष बाबुराम बोहोराले जानकारी दिनुभयो ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको कार्यक्रममा  संस्थागत रूपमै आन्दोलनमा सहभागिता जनाउनुभएको थियो । धर्ना कार्यक्रममा बोल्दै गौतमले केही आक्रोशित मुद्रामा प्रस्तुत भएर सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गर्नुभएको थियो  ।

उहाँको श्रमिकहरूलाई गुमाउन नचाहेको बत्ताउँदा बताउँदै बोली लरबरिएको थियो । “अतः यो कारणले‘‘‘” भन्दै गर्दा उहाँ उपचारको लागि क्रिमशन अस्पताल पुर्‍याइएको थियो । त्यहाँ नै उहाँको मृत्यु भयो ।  

बुटवलको ज्योतिनगरका स्थायी बसोबासी ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button