खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडी। बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका वडा न-७ ढाँणकी ५८ बर्सिया हरुली कार्कीको खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
बुधवार दिउँसो घर नजिकैको न्यौटे भिरमा खर काटिरहेको अवस्थामा लडेकी कार्कीको करिब एक सय मिटर तल खोल्सामा शव फेला परेको स्थानीय बमबहादुर कार्कीले जानकारी दिनुभयो ।
सुदूर पहाडमा बर्सेनि थुप्रै महिलाहरूले खर काट्ने क्रममा ज्यान गुमाउने गरेका छन् ।






प्रतिक्रिया राख्नुहोस्