गौमुल कप फुटबलको उपाधि केपी बा स्पोर्ट्स क्लबलाई
बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा पहिलो पटक आयोजित ‘प्रथम खुला गौमुल कप सेभन ए–साइड फुटबल प्रतियोगिता–२०८२’ को उपाधि केपी बा स्पोर्टस् क्लब बाजुराले हात पारेको छ ।
अन्तिम खेलमा राइजिङ स्टार क्लब गौमुल–५ मानाकोटलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै केपी बा स्पोर्टस् क्लब विजेता बनेको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टीमार्फत तय गरिएको थियो ।
उपाधिसँगै केपी बा स्पोर्टस् क्लबले ५१ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको राइजिङ स्टार क्लबले ३१ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गत शनिवारदेखि सुरु भएको प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिता क्रियटिभ यूथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो । विजेता टोलीलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले पुरस्कार वितरण गर्नुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्