रुपन्देहीमा इभी कार दुर्घटनामा तीन जनाको मृत्यु, चार घाइते
रुपन्देही । रुपन्देहीमा इभी कार दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडकमागएराति बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा सैनामैना–८ बासगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार आचार्यको गएराति १२ः३० बजे पिपरा अस्पतालमा उपचारका क्रममा,यस्तै थापा र विकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार राति करिब १०ः३० बजे गाडी अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किँदै करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा गाडीमा सवार ४ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते छन् । उनीहरूको लुम्बिनी सिटी अस्पताल बुटवल र मरसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । गाडीमा ७ जना सवार थिए।








प्रतिक्रिया राख्नुहोस्