छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ गरोस् : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सन्देशमा यस्तो दिन–आधारित व्रत, पूजा–आराधना र सूर्य देवताको प्रतीकले हाम्रो मानव–प्रकृति सम्बन्ध उजागर गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।
भण्डारीले यस पर्वको माध्यमबाट न केवल धार्मिक भक्ति व्यक्त व्यक्त मात्र नभई देशभरका भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधता भएका समुदायहरूबीच आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना प्रगाढ बन्ने आशा व्यक्त गर्नुभएको छ । साथै, “विनाभेदभाव सम्पूर्ण प्राणीलाई समान रूपमा शक्ति, ताप र प्रकाश प्रदान गर्ने सूर्यको महिमालाई आत्मसात् गरौं” भन्ने सन्देश समेत दिनुभएको छ ।
उहाँले अन्त्यमा यो पर्वले “समाजमा विद्यमान विभेद र असमानताको अन्त्य गरी न्याय, समता र सहअस्तित्वमा आधारित सुसंस्कृत र समुन्नत समाज निर्माण गर्ने प्रेरणा” प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्