एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्
चितवन I जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।
यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीसमेत रहेका छन् ।
कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो । फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । अरू नवलपरासी (बर्दघाट–सुस्ता)पूर्वसहित अन्य जिल्लाका रहेका छन् ।
हाल फर्किएकामध्ये ६२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले सबै एकाइमार्फत फरार कैदीबन्दीको खोजी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आवश्यक छ ।” रासस








प्रतिक्रिया राख्नुहोस्