तपाईँ सुन्दै हुनुहुन्छः

दाउन्ने बाहेक अन्य खण्डमा यात्रा सहज 

नवलपरासी,पश्चिम। नारायणघाट–बुटवल सडक खण्डको अधिकांश भागमा सडक विस्तारको काम सकिँदै जाँदा दाउन्ने बाहेक अन्य क्षेत्रमा यातायात सहज बन्दै गएको छ।

बुटवल देखि नारायणगढ सम्म ११३ किमी सडक निर्माणको कामले पछिल्लो समय गति लिएपछि आम सर्वसाधारणका लागि यातायात सहज बन्दै गएको हो ।

अहिले निर्माण कम्पनीले दाउन्ने खण्डलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ ।

तिहार लगत्तै जनशक्ति बढाएर दाउन्ने खण्डमा तीव्र रूपमा काम अघि बढाइने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको पश्चिम खण्डका आयोजना प्रमुख पशुपति ज्ञवालीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

“एक दुई वटा पुल पुलेसाहरू बाकी छन् अरू छुटफुट कामहरू भइरहेका छन् अहिले दाउन्ने खण्डलाई फोकस गरिएको छ,तिहार लगत्तै काम सुरु हुन्छ,समग्रमा ७२ प्रतिशत काम सकिएको छ” ज्ञवालीले बताउनुभयो ।

अहिले विभिन्न पुल सञ्चालनको तयारी, सर्भिस लेन कालोपत्रे, राजमार्ग कालोपत्रे गर्ने लगायतको काम भइरहेको छ ।अरुण खोला र चोरमाराका दुई वटा ठुला पुलबाहेकका सबै पुल निर्माण पूरा भइसकेको आयोजनाले जनाएको छ ।

पश्चिम खण्डको खैरेनी र बुटवल धागो कारखाना नजिक काम भइरहेको छ ।बर्दघाट बाट बुटवल जाने निजी सवारी साधनहरू भैरहवा हुँदै जाने गरेकोमा सडक सहज भएपछि राजमार्ग नै प्रयोग गर्न थालेका छन् ।”अहिले त खैरेनी बाहेक अन्त बाटो सरर छ एक घण्टा पनि लाग्दैन बुटवल पुग्न अब दाउन्नेमा चाँडो काम भयो भने सहज हुन्छ” एक चालकले भन्नुभयो ।

अघिल्लो वर्ष यो समयमा दाउन्ने हुँदै यस सडक पार गर्न ८/९  घण्टासम्म लाग्ने गरेको भन्दै चालक अहिले भने यातायात धेरै सहज भएको आउनुभएका चालक सागर पाण्डेले बताउनुभयो ।

विसं २०७९ साउनमा निर्माण सक्ने गरी विसं २०७५ माघदेखि सडक विस्तारको काम सुरु भएकामा चौथो पटक थप गरिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । पछिल्लो समय कामले गति लिन थालेपछि समय सीमा भित्रै सडक निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button