चितवनमा २१ जना जुवाडे पक्राउ
चितवन । चितवनका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट तीन लाख ६१ हजार २१०रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अनुसार कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई भरतपुर र खैरहनी क्षेत्रबाट पक्राउ गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्