तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु, तीन घाइते

पाल्पा। कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पाको  पिपल डाँडा–रामपुर खण्डमा दुई मोटरसाइकल एकापसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु १३ प ८६३५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ७७ प ४५०५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा लु १३ प ८६३५ नम्बरको मोटरसाइकल पछाडि सवार पाल्पाको बगनासकाली गाउँपालिका–९, चाप पानीका २८ वर्षीय अर्जुन विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विकलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा बगनासकाली–९, चाप पानीका ५१ वर्षीय विष्णु बिक, लु ७७ प ४५०५ मोटरसाइकल चालक स्याङ्जा चापाकोट नगरपालिका–९, बस्ने विवेक भट्टराई, सोही मोटरसाइकलको पछाडि बसेका रुपन्देही तिलोत्तमा नगरपालिका–५, मणिग्रामका २८ वर्षीय दिपक पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button