तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राइनोजद्वारा एनपीएलका लागि इङ्लिस ब्याटर मलान अनुबन्धित

काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि इङ्लिस ब्याटर डेविड मलानलाई अनुबन्ध गरेको छ । 

चितवनले मङ्गलवार सामाजिक सञ्जालमार्फत मलानलाई भित्र्याएको जानकारी दियो । ३८ वर्षीय बायाँ हाते ब्याटर मलानले ६२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा एक शतक र १६ अर्ध शतकसहित १ हजार ८९२ रन बनाएका छन् । 

इङ्गल्यान्डले सन् २०२२ मा ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । यसैगरी उनले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए । 

एनपिएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ गतेसम्म हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button