जेनजी आन्दोलनका क्रममा भागेका दुई कैदी सल्यानमा पक्राउ
सल्यान । भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुई फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
कारागार कार्यालय दाङ र कास्की पोखरा कारागारबाट भागी फरार दुई कैदीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
कारागार कार्यालय तुलसीपुर दाङबाट फरार बागचौर नगरपालिका–८ गैरागाउँका २२ वर्षीय मिलन बस्नेत र कास्की पोखरा कारागारबाट फरार सल्यान कपुरकोट गाउँपालिका ३ लामिडाँडाका ३६ वर्षीय रोम सिजाली मगर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव निरीक्षक डा.हरि केसीले जानकारी दिनुभयो । दुवै जनालाई आफ्नै घरमा लुकीछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको उहाँको भनाई छ ।
यस्तै, विभिन्न मुद्दामा फरार रहेका ५४ कैदीबन्दीलाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई अदालतमा पेश गरिएको प्रहरी प्रमुख डा.केसीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्