तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूसँग संवाद गर्दै, माथेमा र मल्लिक पर्यवेक्षकका रुपमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज विभिन्न राजनीतिक दलहरूसँग निर्वाचन सम्बन्धमा छलफल गरिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने राजनीतिक दलहरूसँगको छलफलमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनबारे सरकार र दलहरूको विचार आदानप्रदान गरिने बताइएको छ । निर्वाचनको घोषणा भइसकेपछि प्रधानमन्त्रीको आह्वानमा दलहरूसँग पहिलो पटक संवादको आयोजना गरिएको हो । केही दिनअघि प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दलहरूसँग निर्वाचनका सम्बन्धमा छलफल गर्नुभएको थियो ।

छलफलमा सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र पूर्वमन्त्री विद्याधर मल्लिकलाई पर्यवेक्षकका रुपमा सहभागीको गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button