तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा मतदाता नामावली दर्ता गराउनेको सङ्ख्यामा वृद्धि

बाजुरा। बाजुरामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।

जिल्लामा पछिल्लो २२ दिनको अवधिमा मात्र २ सय ३१ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार २०८२ असोज १० गतेदेखि कात्तिक २ गतेसम्म ८८ महिला र १ सय ३३ पुरुष गरी कुल २ सय २१ जना तथा कात्तिक २ गते मात्रै १० जना नयाँ मतदाताले नाम दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख अंगत महतका अनुसार हालसम्म जिल्लामा ८६ हजारभन्दा बढी मतदाता पुगेका छन् ।भने मतदाता नामावलीमा नाम दर्ता गर्न अझै करिब २८ दिन बाँकी रहेको छ।

निर्वाचन आयोगले जेनजी पुस्तालाई लक्षित गर्दै अध्यादेशमार्फत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको हो । आयोगले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कात्तिक ३० गतेसम्म नामावली सङ्कलनको कार्य जारी राख्ने जनाएको छ ।

१६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button