तपाईँ सुन्दै हुनुहुन्छः

विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिँदै

कञ्चनपुर। इजरायल–हमास युद्धका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको अन्त्येष्टि आज गरिँदै छ। सोमबार साँझ काठमाडौंबाट धनगढी हुँदै महेन्द्रनगरस्थित घरमा ल्याइएको उनको पार्थिव शरीर आज महाकाली नदीको भुजेला घाटमा दाहसंस्कार गर्न लागिएको हो।

स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, स्थानीयवासी, आफन्तजन र शुभेच्छुकलगायतले दिवंगत जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।विपिनको घरमा सोमबार बिहानदेखि नै शोकाकुल भीड लागेको थियो।

युवाहरू राष्ट्रिय झण्डा बोकेर ‘देशले गुमायो एउटा सपूत’ लेखिएको ब्यानरसहित अन्तिम यात्रामा सहभागी भएका छन्। “सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत इजरायल गएका विपिनको हमास र इजरायलबीच भएको द्वन्द्वमा परि मृत्यु भएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button