प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्नुहुँदै
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दल आज छलफल गर्दै हुनुहुन्छ ।
मङ्गलबार ४ बजे बालुवाटारमा आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले सात राजनीतिक दलसँग सम्वाद गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो ।
छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्