तपाईँ सुन्दै हुनुहुन्छः

२३ हजार ८८० पिस लागू औषध ट्रामाडोल बरामद, दुई युवक पक्राउ

वीरगञ्ज । वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित लागू औषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ का १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारतको बिहार राज्यको रक्सौलका १९ वर्षीय सचिन कुमार सिंह रहेका छन् ।

आइतबार राति वीरगन्जबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक रात्रि बसलाई प्रहरीले वीरगन्ज–१४ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो  । त्यस क्रममा उक्त बसमा सवार पाण्डे र सिंहको साथमा रहेको कालो रङ्गको ब्यागबाट लागू औषध ट्रामाडोल क्याप्सुल २३ हजार ८८० पिस बरामद भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो । 

लागू औषधसहित पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button