तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपका लागि ३० सदस्यीय नेपाली टोली भारत जाने

काठमाडौँ । भारतको राँचीमा हुने दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली जाने भएको छ ।

अक्टोबर २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशीले चुनौती पेश गर्नेछन् ।

त्यस्तै प्रवीण राना, बसन्ती चौधरी, सीमाकुमारी थारु, जयरानी थारु, सिता शाही, शर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारीले प्रतिस्पर्धा गर्ने छन् ।

टोलीको प्रशिक्षकमा राकेश बज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दीपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गर्नुभयो । टोली बुधवार त्यसतर्फ जानेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button