तपाईँ सुन्दै हुनुहुन्छः

तोलामा रू चार हजार ८०० ले घट्यो सुनको मूल्य

काठमाडौँ ।  सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button