जनमत पार्टी विभाजन विरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले डा. सीके राउत नेतृत्वको जनमत पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज जनमतका अध्यक्ष डा. राउतको निवेदनमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
इजलासले विपक्षीका नाममा लिखित जवाफ माग्दै आगामी कार्तिक १७ गते छलफलका लागि मिति तोकेको र छलफल सम्पन्न नभएसम्म आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश समेत दिएको छ ।
निर्वाचन आयोगले यही असोज २८ गते जनमत पार्टी फुटाएर जनस्वराज पार्टी दर्ता गर्ने गरेको निर्णयविरुद्ध डा.राउतले सर्वोच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्