कूटनीतिज्ञहरूसँग प्रधानमन्त्री कार्कीले औपचारिक ब्रिफिङ गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (शुक्रबार) सिंहदरबारमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग विशेष बैठक गर्दै हुनुहुन्छ। कार्कीले आज नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न लाग्नुभएकाे हाे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज दिउँसो २:३० बजे सिंहदरबारमा सुरु हुनेछ। प्रधानमन्त्री नियुक्त भएपछिको यो उहाँको पहिलो यस्तो प्रकारको ब्रिफिङ बैठक हो।
बैठकमा नेपालको समसामयिक अवस्था, राजनीतिक परिस्थिति, तथा आउँदो फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल र परामर्श हुने जनाइएको छ।
बिहीबार मात्र सरकारले ११ देशका राजदूत फिर्ता गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते गठित अन्तिरम सरकारको प्रमुख जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गराउनु हो।
प्रतिक्रिया राख्नुहोस्