तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

इटहरी ।इटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोलपम्प नजिक बुधबार बेलुका स्कारपियोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

बुधबार साँझ करिब ७ः२० बजे इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को २ च ८६३ नम्बरको स्कारपियोले बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा विराटनगर–१२ घर भई इटहरीस्थित भवानी प्लाइ फ्याक्ट्रीमा कार्यरत ४० वर्षीय अच्युतप्रसाद बरालको मृत्यु भएको हो। गम्भीर घाइते भएका बराललाई प्रारम्भिक उपचारपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।

उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न स्कारपियो र चालक मोरङ सुन्दरहरैंचा–८ निवासी २२ वर्षीय संजय सग्रौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button