तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध मेची राजमार्गको वैकल्पिक बाटो सञ्चालनमा

इलाम ।अविरल वर्षा र पहिरोका कारण ११ दिनदेखि अवरुद्ध बनेको मेची राजमार्गको वैकल्पिक बाटो सञ्चालनमा आएको छ। इलाम नगरपालिका–१० स्थित सिमल गोलाई हुँदै गोदकबाट जोगमाई खोलासम्मको बाटो अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

जोगमाई खोलामा रहेको पुरानो बेलिब्रिज पहिरोले बगाएपछि ह्याम पाइप राखी माटोले पुरेर साना सवारी साधन आवागमन गर्न मिल्ने गरी बाटो खुलाइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो।

उनका अनुसार मेची राजमार्गअन्तर्गत राजदुवाली खण्डमा मर्मत तथा पुनर्निर्माण कार्य जारी रहेको छ र केही दिनभित्र यातायात सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले साना सवारी साधनका लागि मात्र वैकल्पिक बाटो प्रयोग गर्न अनुमति दिइएको बताउनुभयो। प्रशासनले यात्रुहरूलाई सावधानीपूर्वक आवतजावत गर्न अनुरोध गर्दै सूचना पनि जारी गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button