तपाईँ सुन्दै हुनुहुन्छः

पानीमा डुबेर रौतहटमा तीन बालिकाको मृत्यु

रौतहट । रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

गौर नगरपालिका–१ स्थित सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर तीन बालिकाको ज्यान गएको हो ।

मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहनुभएको छ ।

सात जनाको समूहमा घाँस लिन गौरतर्फ गएकाहरू मध्ये चार जनाकाे स्थानीयवासीले ज्यान बचाउन सफल भए पनि तीन जना बेपत्ता भएका थिए । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरी ती तीनै बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिनुभयो ।

हाल मृतक बालिकाहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button