पूर्वसभामुख महरा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको छ ।
महरालाई भन्सार ऐन, २०६४ तथा सङ्गठित अपराध कसूरमा पक्राउ गरिएको एसएसपी शिवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२०७९ पुस १० गते गते फ्लाई दुबैबाट नेपाल आएका चिनियाँ नागरिकले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको विषयमा अनुसन्धानका लागि महरा पक्राउ परेका सिआईबीले जनाएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मा र संरक्षणमा राखिएको ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत आपराधिक लाभ लिएको देखिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्