तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पाटनमा युपिपिएल–५ सुरु

बैतडी । बैतडीको पाटनमा आजदेखि पाँचौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (युपिपिएल–५)सुरु भएको छ । 

शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरिएको छ । आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दको अध्यक्षतामा सञ्चालन गरिएको उद्घाटन समारोहका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल रहनुभएको थियो । 

आजै भएको उद्घाटन खेलमा आयोजक पाटन एकता समाजले विजयी सुरुवात गरेको छ । एकता समाजले केदार शक्ति क्रिकेट क्लबलाई ५ रनले हराएको हो । 

टस जितेर ब्याटिङ गरेको पाटन एकता समाजले निर्धारित १५ ओभरमा ३  विकेट गुमाएर १६४ रन बनाएको थियो । उसका लागि खगेन्द्र जोशीले ६२ रनको अर्ध शतकीय पारी खेले । केदार शक्तिका विनोद पाण्डेयले २ विकेट लिए । 

१६५ रनको विजयी लक्षसहित मैदान उत्रिएको केदार शक्तिले १४.४ बलमा अलआउट हुँदै १५९ रन मात्रै बनाउन सक्यो । उसका लागि सुरज देउवाले ५६ रनको दर्श शतकीय पारी खेले । एकता समाजका अभिसेख कोइरालाले ३, सन्दीप खत्री र राहुल भण्डारीले समान दुई/दुई विकेट लिए । 

जारी प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । यस वर्षको पाँचौँ संस्करणको यूपिपिएल प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख ३५ हजार ७९१ कायम गरिएको छ ।

उपविजेता टिमलाई ५५ हजार ५५५कायम गरिएको आयोजक पाटन एकता समाजका सचिव हरिस केसीले जानकारी दिए ।

म्यान अफ द सिरिजलाई १२,३४५ बेस्ट ब्याटर र बलरलाई जनही ५,६७८ रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । 

यसअघिका वर्षहरुमा पाटन प्रीमियर लिग र उदयदेव प्रीमियर लिग छुट्टाछुट्टै हुँदै आएकोमा यस वर्ष दुवै आयोजक टिम एकआपसमा गाभिएर एकीकृत भई पाटन एकता समाज गठन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button