तपाईँ सुन्दै हुनुहुन्छः

डुबेर युवकको मृत्यु

मलङ्गवा (सर्लाही)। बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button