तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ । 

आज मन्त्रिपरिषद्को बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आगामी निर्वाचनलगायत समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button