जमरा सेलाउने क्रममा डुबेर एक पुरुषको मृत्यु
चितवन । चितवनमा जमरा सेलाउने क्रममा गएका एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १६ फुर्तिचोक बस्ने ५५ वर्षीय गोपाल शर्मा पौडेलको नारायणी नदीले बगाउँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भगेरीथान स्थित नदी किनारमा जमरा सेलाउने क्रममा नदीले बगाएको थियो ।
ना ६१ प ४९३६ नम्बरको स्कुटर चढेर नदी किनारमा जमरा सेलाउन पुगेका थिए । उनको खोजीका लागि वडा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोली खटिएको थियो । शर्माको शव सानोगढी किनारमा फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्