तपाईँ सुन्दै हुनुहुन्छः

चार दिनदेखि बेपत्ता बालिकाको शव फेला

बाँके  । चारदिन अघि बेपत्ता भएकी बर्दियाको गेरुवा गाउँपालिका वडा नं ५ झबहीकी १० वर्षीया भारती (एन्जल) देउवाको शव फेला परेको छ । उनको शव बुढी खोलाको किनारमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत असोज १७ गते शुक्रबार करिब ३ बजे गेरुवा गाउँपालिका वडा नं ५ गणेशपुर स्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । भोज खाएर उनी घर नफर्के पछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । बालिकाको खोजी गर्ने क्रममा   शनिबार सोही वडाको मुलपानी बुढीखोलामा साइकल फेला परेकाे थियो ।

बालिकाको खोजी गर्ने क्रममा बुढीखोलाको किनारमा गाडेको अवस्थामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक देवेन्द्र मल्लले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरिक्षक कबिन्द्र सिंह बोहराको कमाण्डमा टोली खटिएको उहाँले बताउनुभयो । शव खोजबिनका लागि प्रहरीले कुकुर परिचालन गरेको थियो । स्थानीयबासीले बालिकाको मृत्यु शङ्कास्पद भएको बताउँदै आवश्यक अनुसन्धान गरि दोषी उपर कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button