सप्तकोसी नदीमा पानीको बहाव पाँच लाख ३३ हजार क्युसेक

सुनसरी । पूर्वीपहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
आज बिहान ११ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर पाँच लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेकामा पछिल्लो मापनअनुसार पाँच लाख ३३ हजार ५४० क्युसेक प्रतिसकेण्ड बहाव रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ वटै ढोका खोलिएको उहाँले बताउनुभयो । पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाली रातोझण्डासमेत फहराइएको छ । यसैगरी कोसी ब्यारेज वरिपरि सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ ।
यसैबीच आज प्रमुख जिल्ला अधिकारी मिश्रको नेतृत्वमा सुरक्षाकर्मीसहित नेपाली टोली र भारतको बिहार सरकार जल संसाधन विभागको टोलीले कोसी ब्यारेजको निरीक्षण गरेको छ । रासस
प्रतिक्रिया राख्नुहोस्