तपाईँ सुन्दै हुनुहुन्छः

बडादसैँले राष्ट्रिय एकतालाई सबल बनाउने : मुख्यमन्त्री कार्की

मोरङ । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विजयादशमी, २०८२का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विजया दशमीको उपलक्ष्यमा शुभकामना दिँदै बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपालको ऐतिहासिक परम्परा र सामाजिक विविधतालाई आत्मसात् गर्दै आएको यस पर्वले राष्ट्रिय एकता, आपसी सद्भाव र सामाजिक सहकार्यलाई अझ सबल बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले मौलिक परम्परा र सांस्कृतिक विविधताको संरक्षण र सम्बद्र्धनका पक्षमा कोसी प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ । 

दसैँ पर्वले नयाँ उमङ्ग, उत्साह र राष्ट्रिय एकतालाई अझ सबल बनाइ आपसी सद्भाव र समृद्धिको मार्ग प्रशस्त गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button