तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा सवारी दुर्घटना, तीन जना गम्भीर घाइते

बैतडी। बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८ भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भ्यान चालक पाटन नगरपालिका–४ का मानध्वज भट्ट, सोही वडाका रमेश भट्ट र जयराम भट्ट गम्भीर घाइते भएका बैतडीका प्रहरी प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो । उनीहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button