तपाईँ सुन्दै हुनुहुन्छः

रामेछाप–लुक्ला हवाई उडान सुरु

मन्थली (रामेछाप) । रामेछाप–लुक्ला हवाई उडान सुरु भएको छ । 

शरद ऋतुमा सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकहरूका लागि लक्षित हवाई उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

विभिन्न कम्पनीहरूले काठमाडौँबाट सडक मार्ग हुँदै मन्थलीसम्म पर्यटक ल्याउने र यहाँबाट हवाई उडानमार्फत लुक्ला लैजाने गरेका छन् । विमानस्थलबाट सीता, तारा र समिटलगायतका कम्पनीले सेवा दिँदै आएका छन् । 

मौसम अनुकूल भएको समयमा दैनिक ५० देखि ६५ वटासम्म उडान भइरहेको नागरिक उड्डयन प्राधिकरण रामेछापका सूचना अधिकारी प्रज्वल गुँरागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button