कास्की दरबारमा विधिवत् रुपमा फुलपत्र सहितको डोली भित्राइयो
कास्की । कास्की दरबारमा फूलपाती भित्राइएको छ । पोखराको रामघाटदेखि ल्याइएका फुल पत्र सहितको डोली दरबारको गुप्तकालीका मन्दिरमा विधिवत् रुपमा प्रवेश गराइएको छ ।

विजया दशमीको सप्तमीको दिन आज तत्कालीन १७ औ शताब्दीका हातहतियारहरू समेत प्रदर्शन गरिएको छ ।
नेपालमै लोपोन्मुख कुँवर जातीको सरुन खेलसहित आज हर्ष बढाइँ गर्दै मन्दिरमा डोली प्रवेश गराइएको छ । फुल पत्रसहितको डोली भित्राएपछि गुप्तकालीका मन्दिरमा तान्त्रिक एवम् वैदिक पूजाले नव पत्रिका प्रवेश गरिने छ । अष्टमीको मध्यरातमा काल रात्रिको पूजा गरिने गुप्तकाली कश्यप धार्मिक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

नेपालकै शाह वंशको उद्गम स्थल रहेको कास्कीकोटमा परापूर्व कालदेखि दशैंमा नगरा धोपहरु बजाउने गरिन्छ । नवमीको दिन देशका विभिन्न स्थानबाट भाकल तथा दर्शन गर्नेको ठुलो भिड लाग्ने गर्छ ।
प्रतिक्रिया राख्नुहोस्