तपाईँ सुन्दै हुनुहुन्छः

तुईन खोलामा पुनः सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज पुनः सुक्खा पहिरो खसेको छ ।

अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो निरन्तर झरिरहेको छ । उहाँका अनुसार पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ । अहिले दुई वटा मेसिन पहिरो पन्छाउन प्रयोग भइरहेको पनि उहाँको भनाइ छ ।

गत हप्ता पनि पहिरो खस्दा सडकमा यातायात सञ्चालन गर्न ४८ घण्टा लागेको थियो

प्रतिक्रिया राख्नुहोस्

Back to top button