सिन्धुलीमा यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
सिन्धुली। मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–५ मा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्।
काठमाडौँबाट काकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९४२२ नम्बरको बस सोमबार बिहान साढे ४ बजे अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १७ यात्रुमध्ये १० जनाको अवस्था मध्यम रहेको र बाँकीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उपचार उदयपुरको कटारी अस्पताल र दुधौली नगरपालिका–४ स्थित सिर्थौली अस्पतालमा भइरहेको प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिनुभयाे।
घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो।
प्रतिक्रिया राख्नुहोस्