जेनजी आन्दोलन: सुनसरीका दुई मृतक परिवारलाई सरकारी राहत
सुनसरी । जेन–जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका सुनसरीका दुई जना मृतकका परिवारले सरकारी राहत प्राप्त गरेका छन् ।
इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडी प्रदर्शनकाक्रममा प्रहरीको गोली लागि मृत्यु भएका अभिषेक श्रेष्ठ र मोहन सरदारको परिवारलाई सरकारी राहत रकम प्रदान गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मृतक परिवारका लागि राहत स्वरूप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रकम गृह मन्त्रालयबाट प्राप्त भएको थियो । कोशी प्रदेश सरकारबाट १ लाख रुपैयाँ किरिया खर्चबापत जिल्ला प्रशासन कार्यालयमा आइपुगेको थियो ।
मृतक दुवै युवाका परिवारको बैङ्क खातामा संघीय तथा प्रदेश सरकारबाट आएको राहत र क्षतिपूर्ति रकम पठाइएको मिश्रले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्