तपाईँ सुन्दै हुनुहुन्छः

हतियारसहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि स्थानीयको विरोध

वीरगञ्ज । हतियार सहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि ठोरीका स्थानीयले विरोध जनाएका छन् । उत्तर प्रदेशको राज्य सभा सांसद मिथिलेश कुमार हतियार सहितको अङ्ग रक्षक ठोरी गाउँपालिका–२ , टाउन प्रवेश गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

शनिबार दिउँसोको समयमा आधुनिक हतियार सहित ठोरी नाका हुँदै नेपाल प्रवेश गरेका सांसद सहितको प्रहरीलाई ठोरीका स्थानीयले अन्तर्राष्ट्रिय सिमानामा हतियार सहित प्रवेश गरेको भन्दै विरोध गरेका थिए ।

स्थानीयले विरोध गर्दै प्रहरीको जिम्मा लगाइदिएको ठोरी गाउँपालिका–२ का स्थानीय रामशरण लामिछानेले जानकारी दिनुभयो ।

हतियार सहितका भारतीय प्रहरी नेपाली भूमिमा देखेपछि आफूहरूले नेपालको प्रहरीको जिम्मा लगाइदिएको लामिछानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button