तपाईँ सुन्दै हुनुहुन्छः

‘देशमा शान्ति, सुव्यवस्था कायम गरौँ’

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताउनुभयो । 

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उहाँले भन्नुभयो, “भदौ २३ र २४ मा जेनजीका नाममा भएको आन्दोलनमा उनीहरूलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button