एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट
काठमाडौँ । एक सय एसियाली वैज्ञानिकको सूचीमा नेपालका पाँच जना छनोट भएका छन् ।
‘एसियाली साइन्टिष्ट म्यागजिन’ले हालै प्रकाशन गरेको सो सूचीमा काठमाडौँ विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईँ जोशी छनोट हुनुभएको छ ।
उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि रासससँग प्रतिक्रिया दिँदै डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताउनुभयो । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आउनुभएका उहाँ स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक पनि हुनुहुन्छ ।
उहाँले सूचना प्रविधिका क्षेत्रमा निजी र सरकारी क्षेत्र बीच सहकार्य गर्दै यस क्षेत्रको प्राज्ञिक र व्यावहारिक उन्नयनमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्