तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी प्रदर्शन: २७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति 

नेपालगन्ज । जेनजी प्रदर्शनका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा २७ करोड ८८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनका क्रममा गरिएको आगजनी तथा तोडफोडमा उक्त क्षति भएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

आगजनीबाट कार्यालय परिसरमा रहेका सवारीसाधन, कार्यालयमा रहेका फर्निचर, उपकरणका साथै विभिन्न भवनमा क्षति पुगेको नेपालगन्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिको उपस्थितिमा जनप्रतिनिधि, सर्वसाधारण, विभिन्न राजनीतिक दलका प्रतिनिधि समेतको रोहवरमा मुचुल्का तयार पारिएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगपालिकाको सटरमा भएको पसलको सामान जल्दा १ करोड ११ लाख ५५ हजार ८८२ रुपैयाँ बराबरको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । क्षति विवरण सङ्कलन गर्न वरिष्ठ अधिकृत कृष्णप्रसाद जोशीको नेतृत्वमा २१ सदस्यीय मुचुल्का तयारी समिति गठन भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button