तपाईँ सुन्दै हुनुहुन्छः

धान काट्ने चटारोमा बाजुराका कृषक

बाजुरा। दशैं नजिकिँदै गर्दा बाजुरासहित सुदूरपश्चिमका किसान धानसहितका बाली काटेर भित्र्याउन व्यस्त भएका छन् ।

धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने र चुट्ने कामले गाउँगाउँका खेतबारीमा चहलपहल बढेको छ । मौसमले धोका दिने भएकाले किसानहरू बिहानैदेखि खेतमै खाना खाने व्यवस्था गरेर काममा जुटेका छन् ।

;

बडिमालिका नगरपालिका–५ का कृषक चुफे चदाराले दशैं अघि अन्न घर भित्र्याउनुपर्ने हतारोले बिहानै खेतमा पुग्ने गरेको बताउनुभयो। “मौसम बिग्रिए वर्षभरको मेहनत खेर जान्छ,” “उहाँले भन्नुभयो” ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार जिल्लाभर धान पाक्न थालेको छ र यस वर्ष उत्पादन सहज हुने अपेक्षा गरिएको छ । बाजुरामा हाल ७ हजार हेक्टरभन्दा बढीमा धान खेती गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button