तपाईँ सुन्दै हुनुहुन्छः

झापा महिला गोल्डकपको विजेताले १० लाख रुपैयाँ पाउने

झापा । झापा महिला गोल्डकपको विजेता टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । मङ्गलवार एक कार्यक्रमबीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो ।

नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ ।

प्रतियोगिताको दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिनुभयो ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । शिवसताक्षीको दुधे रङ्गशालामा हुने प्रतियोगितामा ८ टोली टिमको सहभागिता रहने बताइएको छ ।

नेपालका ३ विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता टुङ्गो लागिसकेको छ । त्यस्तै, भारत र भुटानको समान १ तथा बाँकी तीन टोली नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button