तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रण गर्न महत्त्वपूर्ण कदम चाल्ने मन्त्री खरेलको प्रतिबद्धता

 

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जनेजी आन्दोलनको माग सम्बोधन हुने गरी भ्रष्टाचार नियन्त्रण गर्न महत्त्वपूर्ण कदम चाल्ने बताउनुभएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहणपछि आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलनको जगमा गठन भएको अन्तरिम सरकारले कुनै कायापलट गर्न नसक्ने भए पनि समय सीमाभित्रै निर्वाचन र भ्रष्टाचार नियन्त्रणका लागि जनताले महसुस गर्ने गरी काम गर्ने बताउनुभयो । 

यस्तै, नवनियुक्त मन्त्री खरेलले २ महिनाभित्र काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थलहरूमा र पाँच महिनाभित्र प्रदेशका प्रमुख सार्वजनिक स्थलहरूमा निःशुल्क इन्टरनेट सुविधा विस्तार गरिने निर्णय गर्नुभएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री खरेलले कर्मचारीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउँदै सहकार्य र समन्वयमा महत्पूर्ण काम गर्ने सकिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्रालयका सचिव राधिका अर्यालले मन्त्रालयको कार्यक्षेत्र र मातहतका विभागहरूको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button