पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग बनाएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
समितिमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानूनविद विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको छन् । समितिलाई ३ महिनाको समय दिइएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रीपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र देव शाक्यलाई हटाएर पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुखमा एआइजी डा. मनोज केसीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्