‘बालअधिकार र विकासमा प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको छ’
उदयपुर । कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले बालबालिकाहरूको हक हित, अधिकार, विकास, संरक्षण, सम्बद्र्धन तथा शैक्षिक क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरेको बताउनुभएको छ ।

शनिवार उदयपुर सदरमुकाम गाईघाटमा नेपाल बाल सङ्गठन उदयपुरले आयोजना गरेको नवौँ जिल्ला सभालाई सम्बोधन गर्दै उपसभामुख दनुवारले कोशी प्रदेश सरकार बालबालिकाको पक्षमा काम गर्न सदैव सक्रिय रहेको बताउनुभयो ।
जेनजी आन्दोलनका क्रममा विभिन्न स्वार्थ समूह सलबलाएको भन्दै उहाँले सम्पूर्ण नेता कार्यकर्ताहरूलाई होसियारीका साथ काम गर्न आग्रह गर्नुभयो ।
नेपाल बाल सङ्गठन उदयपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बालबालिकाहरूको हक अधिकार मुलुकमा भएका परिवर्तनसँगै पछिल्लो समय संस्थागत हुँदै गएको बताउनुभयो ।
नेपाल बाल सङ्गठन उदयपुरका अध्यक्ष भुवन दाहालको अध्यक्षतामा भएको जिल्ला सभामा ओरेक नेपालका अध्यक्ष तथा महिला अधिकारकर्मी सविता पोखरेल, नेपाल पत्रकार महासङ्घ उदयपुरका सचिव तुलसी कोइराला, गैर सरकारी संस्था महासङ्घ उदयपुरका कार्यवाहक अध्यक्ष सागर नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
नेपाल बाल सङ्गठन उदयपुरले आज शनिवार आयोजना गरेको नवौँ जिल्ला सभामा मार्फत नयाँ कार्यसमिति चयन गरिने सङ्गठनका जिल्ला अध्यक्ष भुवन दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्