तपाईँ सुन्दै हुनुहुन्छः

‘पार्टी नेता, कार्यकर्ताबाट रु १० सहयोग उठाएर काँग्रेसका पार्टी कार्यालय पुनः निर्माण गर्छौँ’

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका नेता, कार्यकर्ताबाट रु १० का दरले सहयोग उठाएर पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

‘जेनजी’ प्रदर्शनका क्रममा क्षति भएको पार्टी कार्यालयको अवस्था बुझ्दै उहाँले पार्टीको कार्यालय पुनः निर्माणका लागि सहयोग अभियानमा जुट्न पनि आह्वान गर्नुभयो ।

उपसभापति धनराज गुरुङले अब सबै कार्यकर्ताको अपनत्व हुने गरी पार्टी कार्यालयलाई निर्माण गर्न सकिने धारणा राख्नुभयो । “देशभरका नेता तथा कार्यकर्ताबाट कम्तीमा रु १० सङ्कलन अभियान गर्ने र धेरै दिन चाहनेले इच्छाअनुसार सहयोग गर्न सक्नेछन् । यसरी अगाडि बढियो भने पार्टीको केन्द्रीय कार्यालय पनि निर्माण हुन्छ । सबैको अपनत्व पनि हुन्छ”, उहाँले भन्नुभयो । 

उपसभापति गुरुङले अब महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यले दिएको सुझावअनुसार पार्टी अगाडि बढ्नुपर्ने बताउनुभयो । आफूले पटक पटक २०४६ सालयता लाभको पदमा पुगेका नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठाएको स्मरण गर्दै उहाँले त्यसो गरेको भए हालको अवस्था सिर्जना नहुने जिकिर गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button