तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवस : गोरखामा दौड प्रतियोगिता, नेपाली सेनाका अमर नेपाली प्रथम

गोरखा । संविधान दिवसको अवसरमा आज गोरखामा आयोजित पाँच किलोमिटर दौड प्रतियोगितामा नेपाली सेनाका अमर नेपाली प्रथम भए। उनले लक्ष्मी बजारदेखि गोरखा बसपार्कसम्मको दूरी १८ मिनेट २८ सेकेन्ड ४१ मिलिसेकेन्डमा पूरा गरे।

दोस्रो स्थान सरोज गिरी (१८ मिनेट ३४ सेकेन्ड), तेस्रो सनम गुरुङ (१९ मिनेट १९ सेकेन्ड) र चौथो प्रविन राना मगर (१९ मिनेट ४४ सेकेन्ड) ले प्राप्त गरे।

विजयी धावकहरूलाई प्रमाणपत्र र पुरस्कारले सम्मान गरिएको थियो। प्रतियोगिता लियो क्लब अफ गोरखाको आयोजनामा भएको थियो र उद्घाटन गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले गर्नुभयो। प्रतियोगितामा ३२ जनाले सहभागिता जनाएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button