तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाट नगरपालिकाले आगजनी र तोडफोडमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने

नवलपरासी । बर्दघाट नगरपालिकाले भदौ २३ र २४ गते भएकोको जेन–जी आन्दोलनका क्रममा निजी र सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्ने जनाएको छ ।

नगरपालिकाको कार्यालयमा आगजनी र तोडफोडको घटनामा निर्वाचित जनप्रतिनिधि र नगरपालिकामा कार्यरत हालका कर्मचारीले प्रत्यक्ष वा बल पुग्ने गरी समर्थन गरेको संलग्न भएको भेटिएपछि नगरपालिकाले कारबाही अघि बढाएको जनाएको छ।

बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बुधवार मेयर शम्भुलाल श्रेष्ठ संयोजकत्वमा ७ सदस्य रहेको छानबिन समिति बनाइएको जानकारी दिनुभयो ।

तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधिको सबै सेवा सुविधा बन्द गर्ने र कर्मचारीलाई नगरपालिकाबाट हटाउने सम्मको कारबाही गर्ने सहमति भएको मेयर श्रेष्ठले जानकारी दिनुभयो । 

प्रारम्भिक छानबिनमा कम्तीमा ८ जना (जनप्रतिनिधि र कर्मचारी) तोडफोडमा संलग्न रहेको प्रमाण फेला परेको नगरपालिकाले जनाएको छ । संलग्नको नाम सार्वजनिक नभएको र अनुसन्धानकै प्रक्रियामा रहेकाले प्रमाण भेटिए कारबाही हुने नगर प्रवक्ता सन्तबहादुर गाहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button